थाहानगर/१७ माघ
नेकपा एमालेको नगर अधिवेशनको तयारीमा जुटेको थाहा नगरका विभिन्न वडाहरुले अधिवेशनको तयारी तीव्र बनाइरहेको छ ।
सोहि क्रममा एमाले थाहा नगर १० नम्बर कमिटीले फागुन ८ गते वडा अधिवेशनको मिति तोकेको छ । कमिटीका अध्यक्ष दिनेश खत्रीको सभाध्यक्षता तथा एमाले मकवानपुर जिल्ला सदस्य एवम् थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा बुधवार बसेको बैठकले अधिवेशनको मिति तोकेको हो ।
बैठकले माघ २१ गतेसम्म सदस्यता नवीकरण गर्ने, १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालका आमा रादलमाया गमाल र एमालेका पार्टी सदस्य चन्द्र बहादुर दुरेलीको निधनप्रति शोक व्यक्त गरेको छ । बैठकमा एमाले जिल्ला कमिटी सदस्य हरि गोपाली, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु हेम कुमार थिङ, सुमन रायमाझी, रामचन्द्र खत्री, एमाले जिल्ला कमिटी पूर्व सदस्य विमल कुमार ढकाललगायतको सहभागिता थियो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments