Byroad News

Loading...

बच्चु कार्कीप्रति एमालेको श्रद्धाञ्जली


बच्चु कार्कीप्रति एमालेको श्रद्धाञ्जली

थाहानगर/१५ माघ

थाहा नगरपालिका ३ घर्तिखोलाका बच्चुराम कार्कीप्रति नेकपा एमालेले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कार्कीको १३ औं दिनको पुण्यतिथि पारेर सोमबार कार्कीकै निवासमा एमाले ३ नम्बर वडा कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

वडा कमिटीका उपाध्यक्ष प्रेम गोपालीको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि एमाले जिल्ला कमिटी मकवानपुरका सदस्य एवम् थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानले मृतक कार्कीको तस्वीरमा मार्ल्यापण गर्दै कार्कीले समाज परिवर्तनमा पुर्‍याउनु भएको योगदानको कदर गर्नुभयो । 

कार्यक्रममा एमाले मकवानपुरका जिल्ला कमिटीका पूर्व सदस्य बिमलकुमार ढकाल, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, नगर सचिवालय सदस्य लक्ष्मण बर्तौलालगायतले शोक मन्तव्य व्यक्त गर्नुभयो ।

सभामा एमाले जिल्ला कमिटी सदस्य शिवराम थापा, थाहा नगर जनबर्गीय संगठन अध्यक्ष बलराम थापा, नगर सदस्य युवराज बर्तौलालगायतको सहभागिता थियो ।

Comments

KATHMANDU WEATHER