थाहानगर/२८ पौष
नेकपा एमाले थाहा नगर कमिटीको आगामी अधिवेशन फागुण २८ गते गर्ने निर्णय गरेको छ ।
शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले अच्युतम प्रसाद ढकालको संयोजकत्वमा एक सय ५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।
केन्द्रीय पोलिटव्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीको प्रमुख अतिथि एवम नगर अध्यक्ष ढकालको सध्यक्षतामा भएको बैठकले माघ पहिलो हप्ताभित्र सबै वडाहरुको बैठक, माघ २१ गतेभित्र सदस्यता नविकरण, फागुण ८ र ९ गते आवशीय प्रशिक्षण, फागुण १५ गतेभित्र सबै वडाहरुको अधिवेधन तथा प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको छ ।
बैठकको अवसरमा प्रमुख अतिथि ज्ञवालीले पार्टीभित्र देखा परेको समस्यालाई चिरेर अघि बढे अर्को निर्वाचनमा गठबन्धनलाई पछार्न सकिने बताउनु भयो ।
बैठकको अवसरमा संविधान सभा सदस्य सुवाष चन्द्र ठकुरी, निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बल, थाहा इञ्चार्ज तथा बागमती प्रदेश सदस्य इन्द्रमान स्याङ्तान, जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सभा सांसद एकालाल श्रेष्ठले पार्टीका सर्कुलरहरु बारे बताउदै थाहामा जनताको विश्वास कायम गर्न आग्रह गर्नु भयो ।
बैठकमा प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
-
4 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
4 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments