थाहानगर/९ पौष
पालुङ जेसीज वर्ष २०२४ का लागि निरज रायमाझीले अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ । थाहा नगरपालिका ३ शिखरकोट निवासी रायमाझी विगत ७ वर्षदेखि जेसी अभियानमा सक्रिय हुनुहुन्छ ।
२०१७ मा सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हाल्नु भएका रायमाझीले २०१८ मा सदस्य, २०१९ मा सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा काेषाध्यक्ष, २०२२ मा महासचिव र २०२३ मा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
अघिल्लो वर्ष रायमाझीले वर्तमान अध्यक्ष संगम कार्कीलाई सहयोग गर्दै अध्यक्ष पदबाट पछि हट्नु भएको थियो ।
पालुङ जेसीजका निर्वाचन आयुक्त जयराम खत्रीका अनुसार उमेदवारी दर्ता भोलि पौष १० गते हुनेछ ।
Featured News
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments