Byroad News

Loading...

थाहानगर उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल


थाहानगर उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल

थाहानगर/२३ भदौ
थाहा नगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशनबाट अध्यक्ष पदमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा सबै पदहरुमा निर्विरोध निर्वाचित भएको हो । ढकाल अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, उपाध्यक्ष (वाणिज्य) सुरेन्द्रमान प्रधान, उपाध्यक्ष (उद्योग) सानुकाजी गोपाली, उपाध्यक्ष (वस्तुगत) राजेन्द्र बिडारी, महासचिव जर्मलाल श्रेष्ठ, सचिव श्रीराम कार्की, सह-कोषाध्यक्ष निरोज प्रधान सर्वसम्मत हुनु भएको छ ।

समितिको सदस्यहरु (वाणिज्य)मा बलराम थापा, बिक्रम केसी, अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, यादव जंग रायमाझी र जयराम खत्री के.सी. सर्वसम्मत हुनुभएको छ ।

यसैगरी, ४ उद्योगतर्फका सदस्यहरुमा आरती श्रेष्ठ, सुमन विष्ट, राजन प्रसाद ढकाल र हरेराम कार्की निर्विरोध हुनु भएको छ ।

संघको कार्यसमिति सदस्य (वस्तुगत) तर्फ सुबिन्द्रमान प्रधान, वाणिज्य सदस्य (महिला) यशोदा अधिकारी निर्विरोध हुनु भएको निर्वाचन अधिकृत विवेक मानन्धरले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER