थाहानगर/२७ साउन
अन्तर्राष्ट्रिय युवा दिवश तथा राष्ट्रिय युवा संघ नेपालको एक महिने वृक्षारोपण अभियान अन्तर्गत थाहा नगर कमिटीले वृक्षारोपण कार्यक्रम गरेको छ ।
युवा संघले थाहा नगरपालिका १ ओखरबजारस्थित झम्केश्वरी माविको कम्पाउण्ड बाहिर लौठसल्ला र कल्की फूलका विरुवा रोपिएको युवा संघका नगर सचिव सुमन रायमाझीले बताउनु भयो ।
नगर उपाध्यक्ष रुपेश श्रेष्ठको अध्यक्षतामा भएको वृक्षारोपणमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अन्तर जिल्ला उत्प्रेरक जयराम डिमडुङ, नेकपा एमाले मकवानपुर सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, युवा संघका केन्द्रीय सदस्य तथा थाहानगर उत्प्रेरक दिलमाया घर्ति, केन्द्रीय सदस्य पौल हिम्डुङ, कला तथा साहित्य विभाग सदस्य दिनेश गजमेरलगायत युवा संघका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments