थाहानगर/२४ साउन
आन्तरिक राजश्व कार्यालय र थाहा नगरपालिकाको संयुक्त आयोजना तथा थाहानगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा बुधबार एक दिवशीय करदाता शिक्षा, छलफल तथा अन्तर्कृया सम्पन्न भएको छ ।
संघका अध्यक्ष कबिराज खत्रीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्टले सरकार सञ्चालनको मेरुदण्ड राजश्व नै रहेको हुँदा सबै व्यवसायीहरुलाई इमान्दारिताका साथ करको दायरमा आउन आग्रह गर्नु भयो ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझीलगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments