Byroad News

Loading...

प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन


प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं/३१ असार
निर्वाचन आयोगले प्राध्यापक, शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन नेपाली कांग्रेसलाई निर्देशन दिएको छ ।

सहप्राध्यापक जगत तिमिल्सिना, राजेन्द्र गौतम लगायतलाई पार्टीको सदस्यता प्रदान गरी १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको भन्दै आयोगमा उजुरी गरेको थियो ।

स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता प्रदान गरी महाधिवेशनमा सहभागी गराउनु राजनीतिक दल सम्बन्धी ऐन र विधि, शिक्षक कर्मचारी सेवा सम्बन्धी ऐन विपरीत भएको भन्दै आयोगले उनीहरुको क्रियाशील सदस्यता बदर गर्न निर्देशन दिएको छ ।

साथै आगामी दिनमा कानुन विपरीत हुने गरी सदस्यता नदिन र महाधिवेशनमा सहभागी नगराउनसमेत कांग्रेसलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

Comments

KATHMANDU WEATHER