Byroad News

Loading...

लागूऔषधमा फरार अभियुक्तहरु पक्राउ


लागूऔषधमा फरार अभियुक्तहरु पक्राउ

थाहानगर/३१ वैशाख
इलाका प्रहरी कार्यालय पालुङले लागूऔषध मुद्दामा दोषी ठहर भई फरार थाहानगरका दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले थाहा नगरपालिका १२ टिष्टुङका रामबहादुर तामाङ स्याङ्तान र थाहा ११ का बुद्धिमान तितुङलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत मकवानपुर बुझाएको पालुङ प्रहरीले जनाएको छ ।

स्याङ्तानलाई २०६९ साल पुष ११ गते ५ वर्ष कैद र ७५ हजार रुपियाँ जरिवाना फैसला गरेको थियो । स्याङ्तान सोहिबेलादेखि फरार थिए ।

यसैगरि तितुङलाई जिल्ला अदालत मकवानपुरले २०७२ साल भदौ १६ गते १ वर्ष कैद र २० हजार रुपियाँ जरिवानाको फैसला गरेको थियो । 

Comments

KATHMANDU WEATHER