काठमाडौं/२६ मङ्सिर
नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश बर्ताैला रासायनिक मलको समस्या समाधानको उपाय खोज्दै सिंहदरबार पुग्नु भएको छ ।
सोमबार सांसद बर्तौलासहितको टोलीले कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मासँग भेटेर मकवानपुरको जनताको माग अनुसार मल पठाउन आग्रह गर्नु भयो ।
चुनावअघि र चुनावपछिको घरदैलोमा सबैभन्दा बढी जनताको बीचबाट मल अभावको गुनासो आएपछि सांसद बर्तौलाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कृषि मन्त्रालयको सचिवसँग भेटेर जनताको मागको विषयमा ध्यानाकर्षण गराउनु भएको हो ।
बर्तौलाले कृषि मन्त्रालय पुग्नु अघि हेटौंडाको साल्ट ट्रेडिङ, कृषि सामाग्री कम्पनी लिमिटेड, बागमती प्रदेशको कृषि मन्त्रालय हुँदै संघीय सरकारको कृषि मन्त्रालयसम्म पुगेर किसानले मल नपाएको विषयमा ध्यानाकर्षण गराउँदै चाँडो मल उपलब्ध गराउन माग गर्नु भएको हो ।
मकवानपुरका किसानले मल नपाउँदा तरकारी तथा अन्न बाली लगाउनका लागि समस्या भोगिरहेको कुरा जानकारी गराउदै छिटोभन्दा छिटो समस्या फुकाउन आग्रह गर्नुभयो ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments