काठमाडौं/११ असार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल–मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य १७९ रुपैयाँ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ रुपैयाँ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments