थाहानगर/२८ वैशाख
शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिबारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।
त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो । अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।
यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहा नगरले भने यो निर्णय उचित नभएको बताएको छ । नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले थाहानगरका प्याव्सन सदस्य विद्यालयहरुले सम्बन्धित अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहमति लिएर आइतबार नियमित पठनपाठन गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रधानका अनुसार सहर बजारमा जसरी विहानैदेखि दिवा खानाखाजाको व्यवस्था गरेर दिनैभरी विद्यालयमा पढाउने सम्भावना छैन । प्रधान भन्छन्, 'सातामा दुई दिनको बिदा दिने निर्णयको औचित्य छैन र वैज्ञानिक पनि होइन, यहाँ दुई दिन बिदा दिइनु विद्यार्थी र अभिभावक दुवैको हित प्रतिकूल हुनेछ, त्यसैले हामीले आफ्ना विद्यालयका अभिभावकहरुसङ्ग अनुमति लिएर आइतबार पनि पठनपाठन गराउने छौँ ।' प्रधान भन्छन्, 'हाम्रोतिर पहिल्यैदेखि शुक्रबार पनि पूरा दिन पठनपाठन गराउदै आएका छौँ । सरकारको यो हप्तामा दुई दिन बिदा दिने निर्णय अभिभावकहरुले पनि रुचाएका छैनन् ।'
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments