हेटौंडा/५ फागुन
बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको जनाउदै उपाध्यक्ष चौँलागाईलाई पदमुक्त गरेको हो ।
चौलागाईले परिषद्को स्विकृति बेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको बागमती सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बताएका छन् ।
चौलागाई २०७८ जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments