हेटौंडा/२७ माघ
मकवानपुरमा आज बिहीबारसम्म मकवानपुर जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ८५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना पुष्टि भई ५ जनाले कोरोना संक्रमणलाई जितेपछि सक्रिय संक्रमितको संख्या ८५ हुन पुगेको हो ।
पछिल्लो २४ घण्टामा २३ जनामा पीसीआर र १३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र एक जना गरी ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा हालसम्म १७ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि हुँदा १७ हजार ६ सय ६८ जना कोरोना मुक्त भईसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments