काठमाडौं/१२ माघ
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकोमा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments