थाहानगर/४ माघ
कोभिड-१९ को तेस्रो भेरियन्टले मकवानपुरका थाहा नगरपालिकालाई पनि आक्रान्त पारेको छ ।
मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । सबैभन्दा बढी थाहा ३ मा १० जना पुगेको छ । यसैगरी, थाहा ४ मा ९, २ मा ७, १ मा ३ र ५, ६, ९ मा १/१ जनामा संक्रमण पुष्टि भएको छ । नगर बाहिर ठेगाना भएका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थाहा नगरका सुचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिनुभयो ।
मंगलबारसम्म ८४ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ३५ जना अर्थात ४१.६६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । हिजो सोमबार २१ जनामा संक्रमण पुष्टि भएकोमा आज मंगलबार मात्रै १४ जना थपिएका हुन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments