Byroad News

Loading...

नदीजन्य पदार्थ उत्खनन गर्न प्रयोग भएका ६ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा


नदीजन्य पदार्थ उत्खनन गर्न प्रयोग भएका ६ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

थाहानगर/१५ पुस
हेटौडास्थित रापती खोलाबाट अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार हेटौडास्थित रापती खोलाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ६ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । 

ना. ६ त ३७८३, ना. ४ त ५७०७, ना. ६ त २९१७, ना. ६ त १०५१, ना. ७ त ५९७२ र अनटेस्ट नम्बरको ट्याक्टर प्रयोग गरि अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नियन्त्रणमा लिई आवश्‍यक कार्वाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ । 

Comments

KATHMANDU WEATHER