थाहानगर/४ पुस
थाहा नगरपलिका भित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप आजबाट लगाउन सुरु गरिएको छ ।
नगर शिक्षा शाखाका अनुसार आगामी आज र भोलि पुस ५ गते ११ स्थानका खोप केन्द्रहरु (तोकिएका विद्यालयहरु) मा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिन लागेको हो ।
आज झम्केश्वरी मावि खोप केन्द्रमा झम्केश्वरी मावि र पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुल, मत्स्यनारायण मावि खोप केन्द्रमा मत्स्यनारायण र घाटदेवी आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय खोप केन्द्रमा सरस्वती र पालुङ इङ्ग्लिस स्कुल, जनकल्याण मावि खोप केन्द्रमा जनकल्याण, दुर्गादेवी आधारभूत विद्यालय तसर खोप केन्द्रमा दुर्गादेवी, बज्रबाराही मावि खोप केन्द्रमा बज्रबाराही माविका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम छ ।
यसैगरी आजै पौष ४ गते नै सुन्दरी देवी मावि, इन्द्रायणी मावि, स्वच्छन्द भैरव मावि, बागेश्वरी मावि र महाङ्काल प्राविका विद्यार्थीलाई पहिलो चरणमा मोडर्ना खोप लगाइने छ ।
यसैगरी, भाृेलि पौष ५ गते सुनौला मावि, हिमालयन इङ्ग्लिस बोडिङ स्कुल, सेतीगणेश आधारभूत विद्यालय र पालुङ भ्याली हार्ट एकेडेमीका विद्यार्थीलाई सेतीगणेशमा, वसन्त आधारभूत विद्यालय, सरस्वती मावि, बुद्ध आधारभूत विद्यालय, नाटेश्वर माविमा नाटेश्वर र चम्पेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई खोप लगाइने कार्यक्रम छ ।
यसैगरी, बज्रबाराही मावि खोप केन्द्रमा इअन इङ्ग्लिस एकेडेमी र सरस्वती विद्या मन्दिरका विद्यार्थीलाई खोप लगाइने छ ।

तस्वीर: झम्केश्वरी मावि ओखरबजारमा खोप लगाउन लाइनमा बसेका विद्यार्थीहरु/खोप लगाउदै (तस्वीर सौजन्य: भूमिराज अवस्थी)
-
3 weeks agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
1 month agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments