थाहानगर/३ पुस
थाहा नगरपालिकास्थित ग्रामीण पर्यटन व्यवसायिक सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष शिबहरी बर्तौलाले पुजीलाई संस्थागत गरि ग्रामीण भेगमा संचालित पर्यटन व्यवसाय, कुटिर उद्योग, होटल व्यवसाय तथा हस्तकलाका सामग्री उत्पादन गर्ने साना उद्योगहरुमा लगानी गरि पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नु नै संस्थाको उद्देश्य रहेको उल्लेख गर्नु भयो ।
साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आ.व. सम्ममा १ करोड ४४ लाख कारोवार रहेको छ । संस्थामा ४५ लाख ८३ हजार रुपैयाँ शेयर पुजी र ९५ लाख ७५ हजार ऋण लगानी रहेको उल्लेख गरिएको छ ।
प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष निरन्जन अधिकारीले सहकारीले पर्यटन व्यवसायमा लगानी गर्न ठोस एजेन्डा नहुँदा समस्या रहेको बताउदै सदस्यहरुले पनि पर्यटन व्यवसाय र अर्गानिक कृषि उत्पादनमा जोड दिन आग्रह गर्नु भयो ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments