थाहानगर/२९ मङ्सिर
थाहा नगरपलिका भित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।
नगर शिक्षा शाखाका अनुसार आगामी पौष ४ र ५ गते ११ स्थानका खोप केन्द्रहरु (तोकिएका विद्यालयहरु) मा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिन लागेको हो ।
पौष ४ गते झम्केश्वरी मावि खोप केन्द्रमा झम्केश्वरी मावि र पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुल, मत्स्यनारायण मावि खोप केन्द्रमा मत्स्यनारायण र घाटदेवी आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय खोप केन्द्रमा सरस्वती र पालुङ इङ्ग्लिस स्कुल, जनकल्याण मावि खोप केन्द्रमा जनकल्याण, दुर्गादेवी आधारभूत विद्यालय तसर खोप केन्द्रमा दुर्गादेवी, बज्रबाराही मावि खोप केन्द्रमा बज्रबाराही माविका विद्यार्थीलाई पौष ४ गते र इअन इङ्ग्लिस एकेडेमी र सरस्वती विद्या मन्दिरका विद्यार्थीलाई पौष ५ गते खोप लगाइने छ ।
यसैगरी पौष ४ गते नै सुन्दरी देवी मावि, इन्द्रायणी मावि, स्वच्छन्द भैरव मावि, बागेश्वरी मावि र महाङ्काल प्राविका विद्यार्थीलाई पहिलो चरणमा मोडर्ना खोप लगाइने छ ।
यसैगरी, पौष ५ गते सुनौला मावि, हिमालयन इङ्ग्लिस बोडिङ स्कुल, सेतीगणेश आधारभूत विद्यालय र पालुङ भ्याली हार्ट एकेडेमीका विद्यार्थीलाई सेतीगणेशमा, वसन्त आधारभूत विद्यालय, सरस्वती मावि, बुद्ध आधारभूत विद्यालय, नाटेश्वर माविमा नाटेश्वर र चम्पेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई खोप लगाइने कार्यक्रम छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments