Byroad News

Loading...

लालीगुरासको अध्यक्षमा पुन: रीता प्रधान


लालीगुरासको अध्यक्षमा पुन: रीता प्रधान

थाहानगर/२८ मङ्सिर 
थाहा नगरस्थित लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन: रीता प्रधान अध्यक्षमा चुनिनु भएको छ ।

मङ्गलबार सम्पन्न संस्थाको बन्दसत्रले प्रधानलाई निर्विरोध चयन गरेको हो । निर्वाचन कमिटीका अनुसार संस्थाको उपाध्यक्षमा राजनमाया प्रधान, सचिवमा शान्ता ढकाल रिमाल र कोषाध्यक्षमा नानीछोरी प्रधान सर्वसम्मत चयन भएको छ ।

१३ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा ललिता प्रधान, रजना प्रधान, उर्मिला कार्की, सुनिता थापा, सुनिता सुनार, जमुना देउला, सुशिला मगर, रितु कार्की र मिना केसी चुनिनु भएको छ ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुन: गौरी प्रधान सर्वसम्मत चुनिनु भएको छ । समितिको सदस्यहरुमा सरस्वती जिम्बा र सुशिला प्रधान चुनिनु भएको छ ।

Comments

KATHMANDU WEATHER