थाहानगर/२५ मङ्सिर
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँको कारोवार गरेको छ ।
शनिबार सम्पन्न २२ औं वार्षिक साधारणसभामा कोषाध्यक्ष सानोकाजी गोपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार १ अर्ब १९ करोड कारोवार रहेको छ । ७० करोड १२ लाख रुपैयाँ शेयर पूँजि रहेको संस्थाले गत आर्थिक वर्षमा ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आर्थिक वर्षमा कर्जा लगानीमा २६.९७ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै आगामी बर्ष २० प्रतिशतले वृद्धि गरि १ अर्ब ७ करोड पुर्याउने लक्ष लिएको छ ।
संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार शीतभण्डार निर्माण छिटो सक्ने, सहकारी बजार विकास कार्यक्रम, आलु बीउ विकास कार्यक्रम, हाइटेक नर्सरी, कोशेली घर, सहकारी पसल सेवा, सदस्य हित कोष कार्यक्रम, सहकारी साक्षरता कार्यक्रम, सिप विकास तालिम, गुणस्तरीय सेवा, पर्यटन विकास, सहकारीहरु बिच एकीकरण जस्ता कार्यक्रमहरु संचालन गरिने छ।
स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले उद्घाटन गरेको साधरण सभामा नेपाल कृषि सहकारी संघ केन्द्रिय लेखासमिती संयोजक महेश्वर सुवेदी, संस्थाका उपाध्यक्ष कृष्णबहादुर बिष्टलगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
संस्थाले नियमित रुपमा विभिन्न विधाहरुमा सम्मान गर्दै पनि आएको र यस वर्ष पनि सोही कार्यक्रमलाई नियमित गर्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments