Byroad News

Loading...

नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन र शुल्क फिर्ता गर्न १५ कलेजलाई निर्देशन


नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन र शुल्क फिर्ता गर्न १५ कलेजलाई निर्देशन

काठमाडौं/२२ मङ्सिर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै शैक्षिक सत्र २०७८(०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।

ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER