Byroad News

Loading...

प्रारम्भ पाठशालाबाट बालबालिकालाई स्वीटर, टोपी, व्याग र शैक्षिक सामाग्री वितरण


प्रारम्भ पाठशालाबाट बालबालिकालाई स्वीटर, टोपी, व्याग र शैक्षिक सामाग्री वितरण

थाहानगर/४ मङ्सिर 
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–८ रुपराङमा रहेको ढुवाङ्ग माध्यमिक बिद्यालयका स्कुले बालबालिकालाई स्वीटर, टोपी, पुस्तकालय व्याग र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रारम्भ पाठशाला युकेका भाइबहिनीका साथै प्याप्सन मकवानपुरको सहयोगमा त्यहाँका स्कुले बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । नेष्टका कार्यक्रम संयोजक तथा प्याप्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले बिद्यालयमै पुगेर स्कुले बालबालिकालाई सामाग्री हस्तान्तरण गर्नुभयो ।

वर्षौंदेखि बिभिन्न क्षेत्रको सहयोग जुटाउँदै मकवानपुरका बिकट गाउँका बिद्यार्थीलाई हरेक तवरले सहयोग गर्दै आउनु भएका श्रेष्ठले कैलाशमा पुगेर यो पटक शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । 

बिद्यालयका शिशु कक्षादेखि तीन कक्षासम्मका ५२ जना बिद्यार्थीलाई ऊनीको स्वीटर, टोपी, कपी, शिशाकलम, रबर, कलर र कटर बितरण गरिएको छ । त्यसैगरी कक्षा ४ र ५ का ४८ जना बिद्यार्थीलाईलाई कापी र कलम गरिएको छ । बिद्यालयलाई ५० थान बालकथाका पुस्तकसहित पुस्तकालय व्याग हस्तान्तरण गरिएको थियो । कुल ५४ हजार ३ सय रुपैयाँको न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER