थाहानगर/२८ कात्तिक
सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ थाहा नगर कमिटीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार थाहा नगरको थानाबजारदेखि शिखरकोटसम्म मूल्य वृद्धिको बिरोधमा सरकार विरुद्ध नाराबाजी गर्दै बिरोध र्याली निकालेको हो।
संघले तत्काल पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिन भन्दै विभिन्न नाराहरु समेत लगाइएको थियो । शिखरकोटमा पुगेर टुङ्गिएको र्यालीमा युवा संघका नेताहरुले जनतालाई मार पर्ने गरि गरिएको मूल्य वृद्धि तत्काल फिर्ता नभए कडा कार्यक्रमहरु समेत गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
र्यालीमा संघका थाहानगर अध्यक्ष प्रदिप भट्टलगायत युवा संघका कार्यकर्ताहरुको सहभागिता थियो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments