थाहानगर/१६ कात्तिक
बिनय बाबु स्मृति प्रतिष्ठानले आजदेखि आयोजना गरेको जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा १७ वटा समूहले सहभागिता जनाएको छ ।
आज सम्पन्न खेलमा गैरिगाउ शसक्त युवा क्लब हेटौंडा, फुफु म्हेन्दो युवा क्लब थाहा ७, बिनय बाबु स्मृति प्रतिस्ठान थाहा २, मेत्तोक युवा क्लब थाहा २, हिमाली डाँफे युवा क्लब बिसिङ्खेल, नव प्रतिभा सांस्कृतिक युवा क्लब आमभन्ज्याङ बिजयी भएका छन् ।
भोलि बुधबार बिहान ७ बजेदेखि लिग चरणको खेल हुने आयोजकले जनाएको छ ।
यसैबीच, बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले खेलको उद्घाटन गर्दै युवा तथा खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा आयोजना गरिएको चौंथो जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री मोक्तानले खेलकुद सामाजिक बिकासको लागि महत्त्वपूर्ण रहेको बताउनु भयो ।
३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो ।
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments