हेटौंडा/९ कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी हुनु भएको छ ।
अधिकारीले १८ मत पाएर विजयी हुनु भएको हो म उहाँका निकटतम प्रतिद्धन्दी काव्यमणि अधिकारीले ११ मतमा चित्त बुझाउनु पर्यो ।
निर्वाचनमा वस्तुगत तर्फ जम्मा ३२ मत रहेकोमा ३१ मत खसेको थियो । २ मत बदर भएको छ । त्यस्तै वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी हुनु भएको छ ।
निर्वाचित अधिकारी राजकुमार न्यौपाने प्यानलका हुनुहुन्छ । मत गणना जारी छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments