# Recent News
थाहानगर/९ कात्तिक
बिनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिता यहि कात्तिक १६ गतेदेखि १८ गतेसम्म हुने भएको छ ।
थाहा नगरपालिका २ फाटबजारमा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गर्दै आएको हो । थाहानगर बाहिरबाट सहभागी हुने टिमलाई बसाईको समेत व्यवस्था गरेको प्रतियोगिताले पालुङका बिनयबाबु बस्नेतको स्मृतिका साथै खेल क्षेत्रको समेत वृद्धिविकास हुने गरेको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार ५१ रुपियाँ, दृतीय टिमलाई २६ हजार २६ रुपियाँ र विजयी टिमहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । अघिल्लो वर्ष थाहा १ ले जित हात पारेको थियो । यश वर्षको प्रयोगितामा १५-१६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।
तस्वीर: फाइल फोटो (शंकर कार्की)
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments