मोरङ/२५ असोज
मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ ।
पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments