Byroad News

Loading...

थाहानगरमा कस्तो छ कोरोनाको अवस्था?


थाहानगरमा कस्तो छ कोरोनाको अवस्था?

थाहानगर/६ असोज

थाहानगरमा कोरोना भाइरसको दोस्रो भेरियन्टले निक्कै डर लाग्दो अवस्थासम्म पुर्याएको थियो । आज (बुधबार)सम्म थाहानगरमा ११५१ जना कोरोना संक्रमित भएका छन् । 

तीमध्ये ११०९ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ । २७ जना अझै सक्रिय संक्रमित रहेको थाहानगर स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये एक जनाको अस्पतालमा उपचार भइरहेको र अन्य सबै होम आइसोलेसनमा रहेका छन् । 

नगरपालिकाद्वारा सञ्चालित आइसोलेसनमा अहिले विरामी शून्य छ । 

आज (बुधबार)सम्म थाहानगरको १ नम्बर वडामा २ जना, २ नम्बर वडामा ४ जना, ३ नम्बरमा २ जना, ४ नम्बरमा ७ जना, ५ नम्बरमा २ जना, ६ नम्बरमा ४ जना, ७ नम्बरमा ५ जना र ८ नम्बरमा १ जना सक्रिय संक्रमित छन् । 

थाहानगरमा कोरोना संक्रमण दर घटेसङ्गै सबै क्षेत्रहरु प्राय: खुल्ला भइसकेका छन् ।

Comments

KATHMANDU WEATHER