थाहानगर/६ असोज
मकवानपुरमा अझै कोरोना संक्रमितको संख्या १ सय ७८ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या १ सय ७८ पुगेको हो । यो संगै जिल्लामा हाल १७१ जना आफ्नै घरमा र ७ जना गरी १ सय ७८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लामा पछिल्ले २४ घण्टामा ९८ जनामा गरिएको पीसीआर परिक्षणमा १४ जना र २९३ जनामा एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा ११ जना हेटौंडा उपमहानगरपालिका भित्रका, २ जना बकैया गाउँपालिका भित्रका, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका भित्रका एकएक जना रहेका छन् ।
जिल्लामा आज १४ जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments