थाहानगर/२ असोज
ललितपुरकाे लगनखेलमा प्रमुख कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि. को दाेस्राे सेवा केन्द्र शनिबारदेखि थाहा नगरपालिकाकाे शिखरकाेटमा सुरु भएको छ ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष नवराज बिष्ट, प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडाका सचिव डा. मतिना जोशी बैधले संयुक्त उद्घाटन गरेर सेवा केन्द्र सुरु गरिएको हो ।
कार्यक्रममा अध्यक्ष बिष्टले मंगलदीप बचत तथा ऋण सहकारीकाे कार्यविवरण पेश गर्दै "याे ग्रामीण क्षेत्र, कृषि, पर्यटन र व्यापारमा आधारित क्षेत्र भएकोले काठमाडौंमा संकलन भएको रकमलाई हामी याे क्षेत्रमा लगानी गर्ने याेजनामा छौँ ।"
मंगलदीप मोवाइल बैंकिङबाट नै रेमिट गर्न सकिने, सिधै खाताबाट वालिटमा लाेड गर्न सकिने लगायतका विभिन्न सेवाहरुकाे बारे बिष्टले जानकारी दिनुभयो । सहकारीको कार्यक्षेत्र ललितपुर र मकवानपुर रहेको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments