हेटौंडा/८ भदौ
मकवानपुरमा आज थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १०९ जनामा पीसीआर परीक्षणमा ३६ जना र ११६ जनामा गरिएको एन्टीजेन परीक्षणमा ७ जना गरी थप ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् ।
यो संगै जिल्लामा हालसम्म १४ हजार ५५० जनामा कोरोना पुष्टि भएको छ भने १४ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ५९ जनाको मृत्यु भएको छ ।
जिल्लामा हाल १ सय २७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments