थाहानगर/८ भदौ
अघिल्लो महिनाको १५ गतेदेखि १७ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आज भदौ ८ गते दोस्रो डोजको खोप लगाइदै छ ।
थाहानगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोट र बज्रबाराही स्वास्थ्य चौकी बज्रबाराहीमा दोस्रो डोजको खोप लगाइने भएको हो ।
यस अघि पहिलो डोज लगाएका तर दोस्रो डोज नलगाएका शिक्षक, पत्रकार, उद्योग व्यावसायी, बैंक वित्तीय संस्थाका कर्मचारीहरु तथा ५० बर्ष माथिका व्यक्तिहरुलाई आज दोस्रो डोजको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।
खोप कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म रहनेछ । खोप लगाउन आउदा कार्ड अनिवार्य रुपमा लिएर आउनु पर्ने जनाएको छ ।
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments