
काठमाडौं/५ भदौ
वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ ।
शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना संक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।
थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सैमा अभिनय गरेका थिए ।
१८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका छन् । ‘मदन बहादुर हरिबहादुर’ मा पनि उनले अभिनय गरेका थिए ।
Featured News
-
3 weeks ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
1 month ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments