Byroad News

Loading...

मकवानपुरमा आज एकैदिन थप ४ सय ३३ जनाले जिते कोरोना


मकवानपुरमा आज एकैदिन थप ४ सय ३३ जनाले जिते कोरोना

हेटौंडा/२९ साउन
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४ सय ३३ जनाले कोरोना भाइरस संकमणलाई जितेका छन् ।

स्वास्थ्य कार्यलय मकवानपुर अनुसार जिल्लामा आज ४ सय २६ जना होम आइसोलेसन र ७ जना संस्थागत आइसोलेस गरी ४ सय ३३ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या १३ हजार ४ सय ४४ पुगेको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९४ जनामा पीसीआर गर्दा ४२ जना र २० जनामा एन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६९ जना रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिका भित्रका थप एक संक्रमितको मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १ सय ५४ जना पुगेको छ ।

Comments

KATHMANDU WEATHER