वीरगञ्ज/२८ साउन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ ।
आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा लिएको हो।
महानगरपालिका विरुद्ध परेको उजुरीको पछि आयोगले फाइल माग गरेकोमा महानगरले फाइल नदिएपछि आयोगको टोली आफै गएर फाइल नियन्त्रणमा लिएको आयोगका एक अधिकारीले बताएका छन् ।
पछिल्लो समय स्थानीय सरकारका नाममा स्थानीय तहहरूबाट हुँदै आएका खर्चमा मनपरी रहेको भन्दै चौतर्फी गुनासो सुनिँदै आएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments