थाहानगर/२८ साउन
मकवानपुरमा आज साउन २८ गते पनि मास्क नलागाएका १८४ जना सर्वसाधारण र २३ जना व्यवसायी कार्वाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार मास्क नलगाइ बजारमा हिडेका १८४ जनालाई जनही १ सय रुपियाँका दरले जरिवाना गरेको छ । यसैगरी तोकिएको समय बाहेकको समयमा पसल खोलेका २३ जना व्यवसायीलाई दुईदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।
मास्क अभियानमा बिहीबार ११३३ वटा मास्क वितरण गरिएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments