काठमाडौं/२७ साउन
मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आईपीओ पहिलो दिन नै झण्डै ६ लाख आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपियाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपियाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपियाँसम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेव तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गतेदेखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ।
लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपियाँ, जारी पूँजी १० करोड रुपियाँ र चुक्ता पूँजी ७ करोड रुपियाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपियाँ पुग्नेछ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments