देशभर एकैदिन ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
मकवानपुरमा ४५ जनामा पुष्टि
काठमाडौं/२६ साउन
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षण गर्दा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका हुन् । यसैगरि पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ । हाल सक्रिय संक्रमित ३७ हजार ३३२ जना रहेका छन् ।
यसैगरी, पछिल्लो २४ घन्टामा मकवानपुरमा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १ सय १४ जनाको पीसीआर परिक्षण गर्दा २९ जना र १ सय २१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९० जनाले कोरोना जितेका छन् । जिल्लामा हालसम्म संक्रमण पुष्टि भएकामा ९१ प्रतिशतले कोरोना जितेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेमा १ सय ५० पुगेको छ । जिल्लाम हाल १ हजार ९ जना सक्रिय सक्रमित उपचाररत रहेका छन् ।

Comments