थाहानगर/२४ साउन
मकवानपुरमा पछिल्लो ३ महिनाबाट जारी निषेधाज्ञामा भोलिदेखि पुनः निषेधाज्ञा कडा हुने भएको छ ।
कोरोना संक्रमण बढ्नुको साथै संक्रमणको जोखिम उच्च बढेको भन्दै भोलिबाट मकवानपुरभित्र चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने गरिने भएको छ ।
यसैगरि संक्रमणलाई बढ्न नदिन मास्क नलगाई हिड्ने व्यक्तिलाई १ सय रुपियाँ जरिवाना गराउने तयारी पनि रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले पछिल्लो पटक थप गरेको निषेधाज्ञा भोलिबाट साउन ३२ गतेसम्म रहने छ ।
बैठकले पसल खुल्ने समय घटाइएको छ । बैठकले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा, मासु, तरकारी, फलफुल, दुध, पानी अण्डा पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखि बेलुका ४ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ । यसैगरि बैंक तथा वित्तीय संस्थाहरु भने बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।
यसैबीच, थाहानगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक पनि भोलि नै बस्दैछ ।
भोलिको बैठकमा पछिल्लो समय थाहानगरमा कोरोना संक्रमितको संख्यामा कमी आउनुको साटो झनझन बढ्दै गएको विषयमा गम्भीर छलफल हुने बताइएको छ ।
-
3 weeks agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
1 month agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments