हेटौंडा/२४ साउन
मकवानपुरमा कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाइने भएको छ ।
कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार साउन अन्तिमसम्ममा उक्त खोप लगाउने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘यसअघि भेरोसेलको पहिलो डोज लगाएकालाई भोलि र पर्सि जिल्लाभर दोस्रो डोज खोप लगाउने कार्यक्रम रहेको छ । त्यो सकिन साथ कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेको खोप लगाउने छौँ ।’
मकवानपुरमा २१ हजार ८ सय ५५ जनाले कोभिशिल्ड खोप लगाएका थिए जसमा ८ हजार ३ सय ५५ जनाले दुबै डोज पाइसकेका छन् । हाल जिल्लामा कोभिशिल्डको पहिलो डोज लगाएका १३ हजार ५ सय जनाले दोस्रो डोज लगाउन बाँकी रहेका छन् ।
अधिकारी घिमिरेका अनुसार कार्यालयले कोभिशिल्डको पहिलो डोज लगाएकालाई खोप लगाउन १७ हजार डोज खोप ल्याउने तयारी गरेको छ । जिल्लामा हालसम्म ९३ हजार ९ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएकोमा ३८ हजार ६३ जनाले मात्र पूर्ण खोप लगाउन पाएका छन् ।
-
3 weeks agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
1 month agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments