Byroad News

Loading...

आज १८३६ जनाले भेरोसेलको पहिलो डोज खोप लगाए, अहिलेसम्म थाहामा ८५७९ ले पाए खोप


आज १८३६ जनाले भेरोसेलको पहिलो डोज खोप लगाए, अहिलेसम्म थाहामा ८५७९ ले पाए खोप

थाहानगर/२२ साउन
थाहानगरमा अहिलेसम्म विभिन्न मितिमा गरेर कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप ८५७९ जनाले पाएका छन् ।

आज भेरोसेलको पहिलो डोज १८३६ ले पाएका छन् । १८ वर्ष उमेर पूरा भई अनलाइन फाराम भरेकाहरुमध्ये ८०२ जना महिला र १०३४ जना पुरुषले पहिलो डोज खोप पाएका हुन् । पछिल्लो समय आएको ३५ सय डोज खोपमध्ये आज विभिन्न स्वास्थ्य संस्थाहरुबाट खोप लगाइएको थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । भोलि पनि विभिन्न स्वास्थ्य संस्थाहरुबाट बाकी खोप लगाइने कार्यक्रम छ ।

यस अघि आएको एक डोज लगाए पुग्ने अमेरिकी कम्पनीको जोन्सन एन्ड जोन्सन ४२० डोज मौज्दात छ । ती खोप भने बैदेशिक रोजगारीमा जानेहरुका लागि प्राथमिकतामा राखिएको छ । 

अहिलेसम्म थाहानगरमा कोभिशिल्डको पहिलो डोज १६१० जनाले पाएका छन् । भेरोसेलको पहिलो डोज आजसमेत गरी ५०१७ जनाले पाएका छन् भने भेरोसेलको दोस्रो डोज ४२८ जनाले पाइसकेका छन् । कोभिशिल्डको दोस्रो डोज १४४ जनाले पाएका छन् भने १३८० जनाले जोन्सन एन्ड जोन्सन पाएका छन्  । 

अब अनलाइन फाराम भरी माग गरे अनुसार खोप उपलब्ध हुँदै जाने र क्रमिक रुपले सबै नागरिकले खोप पाउने स्वास्थ्य शाखाले जनाएको छ । खोपको पहिलो डोज जहाँबाट लगाएको भएपनि दोस्रो डोज भने खोप लगाएको कार्ड साथमा लिएर जहाँबाट लगाए पनि मिल्ने स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच, शुक्रबारसम्म थाहानगरमा कोरोना संक्रमितको संख्या १०८३ पुगेको छ । तीमध्ये १९० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १७३ जना होम आइसोलेसनमा, ५ जना बज्रबाराही आइसोलेसनमा र १० जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

थाहानगरमा अहिले सबैभन्दा धेरै १ नम्बर वडामा ५१ जना, ३ मा ४६ जना, ६ मा ४५ जना र ४ मा १७ जना छन् । अन्य वडाहरुमा संक्रमण दर घट्दै गएको तथ्यांकले देखाएको छ । तथापि, बाइरोड न्युजको सर्वेक्षण अनुसार अधिकांश बिरामीहरु कोरोना परिक्षण नगरी मिडिकलबाट कोरोना कै औषधि किनेर खाने गरेको पाइएको छ । 

केही संक्रमितहरु खुल्ला रुपमा बजारमा डुल्ने समेत गरेका छन् । तस्वीर: फाइल

Comments

KATHMANDU WEATHER