हेटौंडा/२२ साउन
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३६ जनाको पीसीआर परीक्षणमा ६४ जना र ३५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरि मकवानपुरमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर १ की ४५ वर्षीया महिला छन् । उनको गएराति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
मकवानपुरमा आजको दिनमा १ हजार १ सय ४८ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा १ हजार ८९ जना घरमा र ५९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
6 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments