Byroad News

Loading...

थाहामा ६ हजार खोप माग, ३५०० मात्र आयो (फाराम सहित)


थाहामा ६ हजार खोप माग, ३५०० मात्र आयो (फाराम सहित)

थाहानगर/२१ साउन
सरकारले खोपको माग अनुसार वितरण गर्ने अनलाइन विधि सुरु गरेपछि थाहा नगरपालिकामा माात्रै ६ हजार जनाले अनलाइन फाराम भरेका छन् । 

साउनको २२ र २३ गते लगाइने तयारी गरिएको भेरोसेल खोप भने हाल ३५ सय डोज मात्र आएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । 

हालसम्म थाहानगरमा कोभिशिल्ड १६१०, भेरेसेल पहिलो डोज ३१८१, कोभिशिल्ड दोस्रो डोज १४४, भेरोसेल दोस्रो डोज ४२८ र जोन्सन एण्ड जोन्सन १३८० जनाले लगाइसकेका छन् । 

सरकारले तोकेको उमेर समूहको मापदण्ड अनुसार थाहानगरमा खोप लगाउन मिल्ने उमेर समूह ३६ हजार रहेको छ । तर, अहिलेसम्म ६७४३ जनाले खोप पाएका छन् । 

अनलाइन फाराममा भरे अनुसारका खोपकेन्द्रहरुमा खोप लगाउन जाँदा अनलाइन फाराम भरेको स्कीन सर्ट वा फाराम नंबर र उमेर खुल्ने परिचय पत्रसहित उपस्थित हुन भनिएको छ । 

थाहा नगरपालिकाले साउन २२ गते पालुङ स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र दोवाटो, दामन शहरी स्वास्थ्य केन्द्र, बज्रबाराही स्वास्थ्य चौकी, देउखेल शहरी स्वास्थ्य केन्द्र, आग्रा स्वास्थ्य चौकी, चित्लाङ स्वास्थ्य चौकी र टिष्टुङ स्वास्थ्य चौकीबाट खोप लगाइने छ । 

विहान १० बजेदेखि ४ बजेसम्म लगाइने खोप कार्यक्रम अनुसार साउन २३ गते नयाँ बस्ती आधारभूत स्वास्थ्य केन्द्र कुलगाउँ, प्राथमिक स्वास्थ्य केन्द्र दोवाटो, भूमिस्थान आधारभूत स्वास्थ्य केन्द्र, बज्रबाराही स्वास्थ्य चौकी, टौखेल शहरी स्वास्थ्य केन्द्र र लिति आधारभूत स्वास्थ्य केन्द्रबाट खोप लगाइने छ । 

यस अघि खोपको पहिलो डोज लगाइएकाहरुका लागि भने साउनको अन्तिम हप्ता उपलब्ध हुने सम्भावना रहेको स्वस्थ्य शाखाले जनाएको छ ।

अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् । https://vaccine.mohp.gov.np/

Comments

KATHMANDU WEATHER