थाहानगर/२० साउन
आज विहान मकवानपुरको प्रख्यात बाराहीलगायत विभिन्न १३ देवीदेवताका मुर्ति चोरी भएको छ तर चोरी लगत्तै फेला पनि परेको छ ।
थाहा नगरपालिका ६ स्थित धामी सुनिल कुमार महर्जनको घरमा राखिएका मुर्तिहरु अन्दाजी आज विहान २ बजे चोरी भएको हो । चोरी भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङका प्रहरी तत्काल परिचालन गरिएको थियो ।
प्रहरी परिचालन भएपछि चोरी भएका मुर्तिहरु थाहा नगरपालिका १० नौखन्डे चोकबाट कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको पालुङ प्रहरीले जनाएको छ । चोरहरु भने फरार भएका छन् ।
चोरी भई फेला परेका मुर्तिहरु धामी सुनिल कुमार महर्जनलाई नै जिम्मा लगाएको छ । चोरी भएका मुर्तिहरुमा बाराही, गणेश, कुमारी, इन्द्रायणी, भैरव, ख्याग, बेतालगायतका छन् । दुई वटा ढकीमा कपडाले पोको पारेर राखिएका मुर्तिहरु ३ जनाको समुहमा आएका चोरहरुले धामीकी श्रीमती कान्छी महर्जनको आखामा खुर्सानीको धूलोले छ्यापेर चोरी गरि भागेका थिए ।
ती मुर्तिहरु ३ वर्षे जात्रामा धामीको घरबाट विधिवत रुपमा मन्दिरमा लगेर पूजा गरिन्थ्यो । करिव ६०-७० वर्ष अगाडि प्राचीन मुर्तिहरु चोरी भएपछि हालका मुर्तिहरु किनिएको किम्बदन्ती छ ।
प्रत्येक वर्ष गठेमङ्गलको बेला देउलाहरुले गाउँ घुमाउने र स्थानीयले दर्शन गर्ने परम्परा थियो । तीमुर्तिहरु धामीको घरमा जिम्मा लगाइदै आएको छ ।
-
3 weeks agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
1 month agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments