काठमाडौं/१९ साउन
मलेसियामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिकाका ३९ वर्षीय प्रेम कुमार राई रहेका छन् ।
मलेसियाको जेके सेक्युरिटी कम्पनीमा कार्यरत उनी कोरोना देखिएपछि कम्पनीको होस्टेलमा बसिरहेका थिए ।
उनको अवस्था जटिल बनेपछि सेलायाङ्ग अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा सोमबार मृत्यु भएको जनाइएको छ । राई गएको पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments