उदयपुर/उदयपुरमा दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्युपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।
गाईघाट—फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
स्थानीय पोखरेल परिवारका बुबा, छोरा र बुहारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ।
एकै परिवारका तीन जनाको मृत्युपछि गाउँमा आतंक फैलिएको छ । अन्य गाउँलेको पीसीआर परिक्षणको तयारी भइरहेको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments