थाहानगर/१५ साउन
थाहानगरमा शुक्रबार २६६ व्यवसायीहरुले भेरोसेलको पहिलो डोज खोप लगाएका छन् ।
थाहानगर उद्योग वाणिज्य संघको कार्यालयमा राखिएको खोप केन्द्रबाट केही सहकारीका कर्मचारीसहित २६६ जनाले मात्र खोप लगाएको संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
"आज कुन्छालको पुलमा बाटो अवरुद्ध भएका कारण बज्रबाराही चित्लाङका व्यवसायीहरुले सेवा लिन पाएनन्, उहाँहरुका लागि अब बज्रबाराही स्वास्थ्य चौकीमै आइतबार खोप लगाइने व्यवस्था गरिनेछ ।" महासचिव प्रधानले भन्नुभयो, "यो अभियानबाट खोप लगाउन छुटेका व्यवसायीहरुले अनलाइन फाराम भरेर हामीलाई सम्पर्क गर्नुहुनेछ वा भर्न नजान्नु हुने व्यवसायीलाई फाराम भर्न हामी सहायता गर्छौं र त्यही अनुसार खोप माग गर्नेछौं ।"
शुक्रबार सञ्चालन गरिएको खोप अभियानमा व्यवसायीका लागि ५ सय र सहकारी कर्मचारीहरुका लागि २ सय खोप उपलब्ध भएको थियो । अनलाइन फाराम भर्न यहाँ क्लिक गर्नुहोस् । https://vaccine.mohp.gov.np/
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments