काठमाडौं/१३ साउन
काठमाडौंको बनस्थलीस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार दिउँसो ३ः४५ मा आगलागी सुरु भएको हो । आगलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा तयारी अवस्थामा रहेको एक सय थान सोफासहित करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments